Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै अखिल क्रान्तिकारीद्धारा प्रदर्शन

    पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै अखिल क्रान्तिकारीद्धारा प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 978
    SHARES

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग राख्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा भारी मात्रामा मूल्य घट्दा पनि नेपाल आयल निगमले मूल्य घटाउन आनाकानी गरेको भन्दै क्रान्तिकारीले नेपाल आयल निगमको कार्यालय अगाडि दबाब मुलक बिरोध प्रदर्शन गरेको हो ।



    क्रान्तिकारीको केन्द्रीय समितिले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।



    आयल निगमले भने भारतबाट मूल्य घटेर आएपनि निगमको घाटा कायमै रहेकोले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार