Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव चयन

    नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव चयन

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय चयन भएका छन् ।

    शनिबार ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय समितिको प्रथम पूर्ण बैठकले भट्टराई र रायलाई अध्यक्षमा चयन गरेको हो । पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली रहेको छ ।



    यस्तै सहअध्यक्षमा गंगा नारायण श्रेष्ठलाई चयन गरेको छ। उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाह चयन भएका छन्।



    पार्टीको महासचिवमा रमेश यादव चयन भएका हुन् । बैठकले सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ ।

    प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल, कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा डा। जनक शाह, गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ रहेका छन् ।

    जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादवले निष्कासन गरेपछि भट्टराई लगायतले नयाँ पार्टी गठन गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार