Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आगामी मंसिर ४ को निर्वाचनमा नेपाल समाजवादी पार्टी सहभागी हुने

    आगामी मंसिर ४ को निर्वाचनमा नेपाल समाजवादी पार्टी सहभागी हुने

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 972
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीले आम निर्वाचनमा सहभागिता जनाउने निर्णय गरेको छ ।

    पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।



    बैठकले निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकता अनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णय पनि गरेको छ ।



    शनिबार विभिन्न राजनीतिक, सांगठनिकलगायतका महत्त्वपूर्ण निर्णयहरू गर्दै बैठक उत्साहपूर्ण रूपमा ललितपुरमा सम्पन्न भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार