Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रहरी संगठनको हित र कर्मचारीको बिकासका लागी रचनात्मक कार्य गर्नुपर्छ : आईजीपी सिंह

    प्रहरी संगठनको हित र कर्मचारीको बिकासका लागी रचनात्मक कार्य गर्नुपर्छ : आईजीपी सिंह

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले संगठनका लक्ष्यहरू निर्धारण गरेर जिम्मेवारीप्रति प्रतिवद्ध, नतिजाप्रति उत्तरदायी र जवाफदेही बनाउँदै तोकिएको कार्य समय सिमामा सम्पन्न गरी समग्र प्रहरी काम कारवाहीको स्तरवृद्धि गर्न कार्यसम्पादन करार सम्झौता महत्वपूर्ण साधन हुने बताएका छन् ।

    नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंह यस्तो बताएका हुन् ।



    सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ बमोजिम नेपाल सरकार गृह मन्त्रालयका गृह सचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबीच मंगलबार कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।



    कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीको समग्र कार्य सम्पादनको गुणस्तर अभिवृद्धि र विकास गर्ने अभिप्रायका साथ ब्लु प्रिन्टको रूपमा नेपाल प्रहरी कार्य योजना २०७९ जारी गरिएको उल्लेख गरे ।

    प्रहरी महानिरीक्षक सिंहले कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएका कार्यहरूमा मात्र सीमित नरही प्रहरी संगठनको हित र कर्मचारीहरूको वृत्ति बिकासका निमित्त अन्य नविनतम् र रचनात्मक कार्यहरू गर्नेतर्फ समेत अग्रसर हुनु पर्नेमा जोड दिए ।

    अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिबृद्धि गर्ने र प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन करार उपलब्धीमूलक हुने विश्वास उनले व्यक्त गरे ।

    कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार