Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धारा जोड्न घुस माग्ने केयुकेएलका सिनियर प्लम्बर पक्राउ

    धारा जोड्न घुस माग्ने केयुकेएलका सिनियर प्लम्बर पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल ५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले उनलाई मंगलवार सेवाग्राहीसँग लिएको घुस रकमसहित केयुकेएलको महांकाल शाखा कार्यालयबाट पक्राउ गरेको हो ।



    बूढानीलकण्ठ ११ कपनटार बस्ने उनले धारा जडानका लागि सेवाग्राहीसँग घुस लिएका थिए ।



    धारा जडानका लागि आवश्यक सबै प्रक्रिया पूरा गर्दा पनि खुलालले हैरानी दिएपछि सेवाग्राहीको सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

    उनकाे साथबाट प्रहरीले सेवाग्राहीसँग लिएकाे घुस रकम बरामद गरेकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार