Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको चुनाव चिह्न लिँदा हारिन्छ, जित सुनिश्चित गर्न माओवादी रोजे : वामदेव गौतम

    एमालेको चुनाव चिह्न लिँदा हारिन्छ, जित सुनिश्चित गर्न माओवादी रोजे : वामदेव गौतम

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 759
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा माओवादी केन्द्र को चुनाव चिह्न रोजेको बताएका छन् ।

    अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका गौतमले यस्तो बताएका हुन् ।



    नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको बताए । गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने जिकिर गरे ।



    उनले नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिष्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको जिकिर गरे । हँसिया हथौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसावले अरु सबै गठबन्धन र पार्टी भन्दा अघि रहेकाले माओवादीको चिह्नबाट जित्न सहज भएको उनको जिकिर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार