Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • हर्क साम्पाङले खुमलटार पुगेर भेटे प्रचण्डलाई

    हर्क साम्पाङले खुमलटार पुगेर भेटे प्रचण्डलाई

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । धरानका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

    धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारसँग छलफल गर्न काठमाडौं आएका मेयर साम्पाङले मंगलवार माओवादी अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटारमा भेट गरेका हुन् ।



    मेयर साम्पाङ र प्रचण्डबीच धरानका उपमेयर आईन्द्रविक्रम बेघाको संयोजनमा भेट भएको बताइएको छ ।



    बेघा नेकपा माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित भएका थिए । भेटमा समसामयिक राजनीतिका साथै विकासका विभिन्न पक्षका बारेमा कुराकानी भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार