Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • फोहोर विवाद समस्या सुल्झाउन वैकल्पिक उपायको खोजी

    फोहोर विवाद समस्या सुल्झाउन वैकल्पिक उपायको खोजी

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 780
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरोकारवाला निकायले यसअघिको सहमति कडाइका साथ पालना गर्ने भएको छ ।

    विभिन्न समयमा स्थानीयबीच भएका सहमति कडाइका साथ पालना नहुँदा समस्या उत्पन्न भएपछि सरोकारवाला निकायले सहमति र सम्झौता प्रभावकारी रूपमा पालना गरेर अघि बढ्ने निर्णय गरेको हो ।



    काठमाडौं, धादिङ र नुवकोटका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको बैठकले यसअघि विभिन्न सरोकारवालाबीच भए–गरेका समझदारी तथा सम्झौता प्रभावकारी कार्यान्वयन गर्न चार बुँदे निर्णय गरेको हो ।



    जसअनुसार दैनिक फोहोर विसर्जनका लागि प्रयोग भएका सवारीसाधनबाट निस्किएको लिच्चड व्यवस्थापन गर्न सात दिनभित्र फोहोर बोक्ने सबै सवारीसाधनबाट लिच्चड नचुहिने व्यवस्था गरेपश्चात् मात्र फोहोर ढुवानी गर्ने र त्यसको व्यवस्था काठमाडौं महानगरपालिकाले गर्ने सहमति भएको छ ।

    धुलो नियन्त्रणका लागि पानी छर्कने व्यवस्था र फोहोर विसर्जनस्थलमा नियमित औषधि छर्किने तथा वातावरणमा दुर्गन्ध फैलिन नदिने कार्य भइरहेकोमा यसलाई थप प्रभावकारी बनाउने जिम्मा महानगरपालिकाले मिलाउने निर्णय गरिएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार