Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै बहुमतले पारित

    नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै बहुमतले पारित

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 738
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।

    राष्ट्रपतिले वैवाहिक अंगीकृत, प्रादेशिक पहिचान, महिलाको आत्मसम्मानलगायतका विषय उल्लेख गर्दै नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।



    प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राखेको राष्ट्रपतिको सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत रुपमा पारित गरियोस् भन्ने प्रस्ताव मतविभाजनबाट पारित भएको हो ।



    मतदानमा नागरिकता विधेयकको पक्षमा १३५ मत, विपक्षमा ६० मत परेभने मतदिन्न भन्ने पक्षमा एकमत पनि परेको थिएन।

    नागरिकता विधेयक पारित भएको छ । राष्टपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयकमा छलफल गर्दै प्रतिनिधि सभाले बहुमतले पारित गरेको हो ।

    फिर्ता आएको विधेयकमा सांसदहरुले बिहीबार आफ्नो धारणा राखेका थिए । सांसदहरुको धारणापछि गृहमन्त्री वालकृष्ण खाँडले जवाफ दिएका थिए ।

    गृहमन्त्रीको जवाफपछि सभामुख अग्नी सापकोटाले विधेयक पारित गर्ने क्रम अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनबाट मात्र निर्णय गर्नुपर्ने माग गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार