Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • चिनियाँ अदालतद्वारा क्यानडियन अर्बपति सिआओलाई १३ वर्ष जेल सजाय

    चिनियाँ अदालतद्वारा क्यानडियन अर्बपति सिआओलाई १३ वर्ष जेल सजाय

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 831
    SHARES

    एजेन्सी । चिनियाँ मूलका एक क्यानडियन अर्बपतिलाई चीनमा १३ वर्ष जेल सजाय तोकिएको छ ।

    सांघाईको एक अदातलले शुक्रबार अर्बपति सिआओ चिन्हुवालाई घुस खुवाएको, अरूको पैसा गैरकानुनी रूपले चलाएकोलगायत विभिन्न मुद्दामा दोषी ठहर गर्दै १३ वर्ष जेल सजायको फैसला गरेको हो ।



    उनको कम्पनी टुमरो होल्डिङ्सलाई ८.१ अर्ब अमेरिकी डलर जरिवानाको पनि फैसला गरिएको छ । चिन्हुवालाई सन् २०१७ मा हङकङको एउटा होटलबाट पक्राउ गरिएको थियो। त्यसपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन्।



    कुनैबेला चिन्हुवाको व्यापारिक सम्बन्ध चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीहरूसँग थिए । राष्ट्रपति सी चिनफिङको परिवारका सदस्यसँग पनि उनको व्यापारिक सम्बन्ध थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार