Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको महाथिरको आरोप

    अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको महाथिरको आरोप

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 948
    SHARES

    फाइल तस्विर

    एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् ।

    लामो समयदेखि पश्चिमा देशहरूका आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसद्को हालैको ताइवान भ्रमणले चीनप्रति अमेरिकी विरोध दर्शाउने बताउँदै बेइजिङले त्यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको उल्लेख गरे।



    एक विस्तृत अन्तर्वार्तामा ९७ वर्षीय पूर्वप्रधानमन्त्रीले चीनको एक अङ्गको रूपमा स्वशासित ताइवानलाई बेइजिङले एकराष्ट्र दुई प्रणालीअन्तर्गत स्वतन्त्र छाडेको बताए ।



    उनले समस्यारहित ताइवानमा अमेरिकाले युद्धका निम्ति उकासेको तर्क गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार