Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पतालमा

    प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पतालमा

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 813
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

    ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको स्वास्थ्य अवस्था बुझ्न शनिबार बिहान राष्ट्रपति भण्डारी आएको कांग्रेस नेता रत्न कार्कीले जानकारी दिए।



    भण्डारीले गिरीको स्वास्थ्य लाभको कामनासमेत गरेकी छन्। गिरीको स्वास्थ्य अवस्था बुझ्न शनिबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ पुगेका थिए। भर्खरै गृहमन्त्री बालकृष्ण खाण पनि गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन्।



    गिरीको स्वास्थ्यमा सुधार नआएपछि आईसीयूमा सारेर उपचार जारी राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार