Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गिरीलाई घनिष्ट मित्र भन्दै भारतीय कम्युनिस्ट नेता येचुरीको श्रद्धाञ्जली

    गिरीलाई घनिष्ट मित्र भन्दै भारतीय कम्युनिस्ट नेता येचुरीको श्रद्धाञ्जली

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 891
    SHARES

    काठमाडौं । भारतीय शीर्ष कम्युनिस्ट नेता सीताराम येचुरीले प्रदीप गिरी आफ्ना ‘कमरेड इन् आर्म्स’ अर्थात् घनिष्ट मित्र रहेको भन्दै श्रद्धाञ्जली दिएका छन् ।

    भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका नेता येचुरी त्यहाँको राज्यसभाका पूर्वसांसदसमेत हुन् ।



    ‘हाम्रा साथी प्रदीप गिरि नेपालमा राजतन्त्र फाल्ने आन्दोलनका लडाकु, लोकतन्त्रका अथक योद्धा र भारतका घनिष्ट मित्र थिए,’ येचुरीको श्रद्धान्जली वक्तव्यमा छ, ‘यस्ता मित्रको निधनमा हामी गहिरो दुःख व्यक्त गर्छौं ।’



    नेपाली कांग्रेसका नेता प्रदीप गिरीको धेरै भारतीय नेताहरुसँग निकट मैत्री छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार