Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रदीप गिरीको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

    प्रदीप गिरीको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 834
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले प्रदीप गिरीको निधनको शोकमा तीन सम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

    आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको हो ।



    भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द हुनेछ भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने कांग्रेसले बताएको छ ।



    १६ गते केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने कांग्रेसको निर्णय छ । कांग्रेस सांसद गिरीको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार