Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेता गिरीको निधनप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त

    नेता गिरीको निधनप्रति उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 780
    SHARES

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कांग्रेस नेता प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।



    उनको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताएको उपराष्ट्रपति पुनको शोक वक्तव्यमा उल्लेख छ ।



    प्रदीप गिरी भौतिक रूपमा बिदा हुनु भए पनि उनको विचार र देशको लागि पुर्‍याउनु भएको योगदानले सधैँ बाँचिरहने बताएका उपराष्ट्रपति पुनले दिवंगत गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार