Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साढे ३६ लाखको मेडिकल सामग्री लोड रहेको ट्रक नियन्त्रणमा

    साढे ३६ लाखको मेडिकल सामग्री लोड रहेको ट्रक नियन्त्रणमा

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 936
    SHARES

    वीरगञ्ज । प्रहरीले वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट ट्रक नियन्त्रणमा लिएको छ ।

    बिल बिजकभन्दा साढे ३६ लाख भन्दा बढीको सामानहरू लोड रहेको ना.६ ख ३५१६ नम्बरको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।



    मेडिकल सामग्री तथा खुद्रा सामानहरू बोकेको सूचनाको आधारमा खटेका प्रहरी टोलीले उक्त मालवाहक ट्रकलाई रोकी जाँच गर्दा बिल बिजकभन्दा बढी सामानहरू लोड रहेको पाइएको थियो ।



    बरामद गरिएको सामानहरूको ३६ लाख ६० हजार मूल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार