Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • भारतीय गाडीको ओभरलोड नियन्त्रण गर्न ट्रक व्यवसायीको माग

    भारतीय गाडीको ओभरलोड नियन्त्रण गर्न ट्रक व्यवसायीको माग

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 753
    SHARES

    भैरहवा । भारतीय गाडीले ओभरलोड गरेर सामान ल्याउने गरेको भन्दै नेपाली ट्रक व्यवसायीले विरोध जनाएका छन् ।

    पश्चिमाञ्चल यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, बाणगङ्गा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी संघ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र ढुवानी व्यवसायी समितिले संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय अगाडि विरोध सभा गरेका हुन् ।



    भारतीय ओभरलोडका कारण नेपालतर्फ सडक, पुल लगायतका भौतिक संरचनाको क्षति मात्र नभई आफूहरुको पनि पेशा संकटमा पर्न थालेको उनीहरुले बताए ।



    नेपाल सरकारले भारतीय ओभरलोड गाडीहरु व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । बेलहिया नाका हुँदै प्रवेश गर्ने भारतीय गाडीको ओभरलोडलाई छुट दिँदा ट्रक व्यवसायीहरू मर्कामा परेको बताउँदै व्यवसायीले सीमा नाकामै समय समयमा भारतीय ट्रक रोक्ने गरेका छन् ।

    देशभित्रै ढुवानी गर्ने नेपाली नम्बर प्लेटका ट्रकलाई ओभरलोडमा कडाइ गरेको प्रहरीले भारतबाट आउने भारतीय गाडीमा ओभरलोड छुट दिने गरेको ब्यवसायीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार