Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • करिब ५५ लाख मूल्य बराबरको तेल बोकेको ट्रकसहित भारतीय नागरिक पक्राउ

    करिब ५५ लाख मूल्य बराबरको तेल बोकेको ट्रकसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । सप्तरीबाट भारतीय ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    भन्सार सम्बन्धी कुनै कागजात नरहेको रिफाइन पाल्मोनियम तेल १५ सय टिन लोड रहेको यु पी ७५ एम ३६९५ नम्बरको भारतीय ट्रकलाई पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कोसी ब्यारेजबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।



    ट्रकमा आशंका लागेर सशस्त्र प्रहरीको टोलीले जाँच गर्दा भन्सार कागजात र प्रज्ञापनपत्र केही नभएको पाइएपछि नियन्त्रणमा लिएको बताइएको छ ।



    ट्रकसहित चालक भारतको उत्तर प्रदेस कानपुर देहातका अबध बाबु र सह चालक कानपुर प्रान्त बस्ने धिरज कुमारलाई पनि नियन्त्रणमा लिइएको छ ।

    नियन्त्रणमा लिइएको ट्रक र ५४ लाख ९६ हजारको तेलसहित भारतीय नागरिकहरूलाई आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार