Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

    चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 774
    SHARES

    फाइल तस्विर

    चितवन । भरतपुर महानगरपालिका – २९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

    ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको हो । मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।



    भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिडिरहेका ती युवकलाई ठक्कर दिएको थियो।



    ठक्कर दिएलगत्तै घटनास्थलमा युवकको ज्यान गएको थियो । ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार