Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हजुरआमाको हत्या गरेर साधु बनेका तोयनाथ १९ वर्षपछि पक्राउ

    हजुरआमाको हत्या गरेर साधु बनेका तोयनाथ १९ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 1.9K
    SHARES

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले हजुरआमाको हत्या गरी फरार भएका एक जनालाई १९ वर्षपछि पक्राउ गरेको छ ।

    प्रहरीले साधुको भेष गरी लुकेर बसेका भरतपुर ७, कृष्णपुरकी मनकुमारी वाग्लेको हत्या गरी फरार भएका तोयनाथ चापागाईलाई घटनाको १९ वर्षपछि पक्राउ गरेको हो ।



    चापागाई नवलपुरको वर्दघाट ४ मा रहेको बाढीपीडित स्थित शिव मन्दिरबाट भेष बदलेर साधुको रुपमा बसेका थिए । २०६१ साल मंसिर १४ गते चापागाईले आफ्नो सौतेनी आमाको आमालाई हत्या गरेका थिए ।



    उक्त समयमा २४ वर्षका चापागाई अहिले ४३ वर्षका भएका छन् । उनले सुतेको अवस्थामा बाँसको लौरो र ढुंगाले हानेर हजुरआमाको हत्या गरि कानमा लगाएको गहना समेत लुटेर भागेका थिए ।

    पक्राउ परेका चापागाईंको अनुसन्धानको लागि जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार