Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चितवनका एसपी अधिकारी कार्यसम्पादन सम्झौतामा उत्कृष्ट

    चितवनका एसपी अधिकारी कार्यसम्पादन सम्झौतामा उत्कृष्ट

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । बार्षिक कार्यसम्पादन सम्झौतामा उत्कृष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

    आतइतबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्धारा आयोजित कार्यक्रममा चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीलाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो ।



    बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) किरण बज्राचार्यले एसपी अधिकारीलाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।



    गत आर्थिक बर्ष २०७८/०७९ को कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गरी उत्कृष्ट कार्य सम्पादन गरेकोले ‘मासिक मुल्यांकन मापदण्ड-२०७८’ अनुसार बार्षिक मुल्यांकनमा जिल्ला प्रहरी कार्यालय चितवन सर्वोत्कृष्ट भएको थियो ।

    यस्तै बागमती प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसंग प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रमसमेत सम्पन्न गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार