Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चितवनमा बोरामा शव

    विवाहेत्तर सम्बन्धले लियो सन्जु र ऋषभको ज्यान, श्रीमान पक्राउ

    विवाहेत्तर सम्बन्धले लियो सन्जु र ऋषभको ज्यान, श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 2.2K
    SHARES

    चितवन । चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको पहिचान खुलेको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गर्दै बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत गरेको हो ।



    मृतकहरू भारत मोतिहारी फुलबारिया सुगौली निवासी १९ वर्षीय ऋषभ कुमार कुशवाहा र सोही स्थानको सुगांव डीह निवासी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी रहेका छन् ।



    उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतकहरू नेपालमा तरकारी, फलफूल व्यापारका लागि पटक–पटक आउने गरेका थिए ।

    उनीहरू अन्तिम पटक दसैँपछि नेपाल आएर चितवनको मिलचोकमा कोठा लिएर बस्न थालेका थिए । दुई जनाबिच सम्बन्ध रहेको शङ्का गर्दै अस्मिताका श्रीमान् भगतले उनीहरूको झगडासमेत गरेका थिए ।

    यसको रिसमा मङ्सिर २ गते भगतले दुई जनालाई उनीहरूकै कोठामा हत्या गरेका थिए । त्यसपछि दुईवटा शवलाई जुटको बोरामा बन्द गरी ३ गते राति साइकलमा राखेर कल्भर्टमा फालेका थिए ।

    घटनापछि भगत सुटुक्क भारत फर्किएका थिए । प्रहरीले उनको खोजी गर्न भारतीय प्रहरीसँग समन्वय गर्दा उनीमाथि अपहरण र व्यक्ति बेपत्ता सम्बन्धी एफआईआर दर्ता भई पुस १६ गते पक्राउ परेको पत्ता लागेको थियो ।

    भगत हाल भारतको केन्द्रीय कारागार मोतिहारीमा रहेको र भारतीय प्रहरीले समन्वयमा उनीसँग सोधपुछ गर्दा उनले नेपाल आएर भतिज नाता पर्ने कुशवाह र पत्नी अस्मिताको हत्या गरेको स्वीकार गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार