Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • हुम्लामा ६ महिनापछि पुन: भेटिए कोरोना संक्रमित

    हुम्लामा ६ महिनापछि पुन: भेटिए कोरोना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 843
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना संक्रमणमुक्त भएको हिमाली जिल्ला हुम्लामा झन्डै ६ महिनापछि अस्पतालका एक जना चिकित्सक सहित २२ जनालाई कोरोना पुष्टि भएको छ ।

    लामो समयपछि कोरोनाको लक्षणसँग मिल्ने रुघाखोकी तथा ज्वरोका बिरामीलाई परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । स्वास्थ्य सेवा कार्यालयबाट ४७ जनाको परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ ।



    जिल्ला अस्पतालमा कार्यरत चिकित्सक कैलाश लामा सहित नौ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना देखिएको छ । कर्मचारी तथा अन्य १३ जना सर्वसाधारणलाई पनि कोरोना देखिएको छ ।



    हाल रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढेको कारण सबैलाई सावधानी अपनाउन पनि अस्पतालले सबैलाई आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार