Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब ३३ करोडको कारोबार

    शेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब ३३ करोडको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य सुधार भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १.८५ अंक (०.०९ प्रतिशत) ले वृद्धि भएर २०५४.९८ अंकमा बन्द भएको छ ।

    नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने झनै ओरालो लागेको छ । नेप्सेमा मंगलबार ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २१ लाख ९० हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ७ करोड ६५ लाख ९८ हजारको कारोबार भएको छ ।



    दिनभर बजारमा १८६ कम्पनीको सेयर कारोबार भएकोमा १०४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ७१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।



    मंगलबार कारोबार भएका मध्ये रुरु जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ ।

    सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य ६.८८ प्रतिशतले गिरावट भएको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ५.५७ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा समालिङ पावर कम्पनीको सेयर मूल्य ३.९३ प्रतिशतले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार