Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पल शाहको मुद्दामा तोकियो पेसी : तनहुँमा ८ गते, नवलपरासीमा १५ गते

    पल शाहको मुद्दामा तोकियो पेसी : तनहुँमा ८ गते, नवलपरासीमा १५ गते

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बालिका बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामा पेसी तोकिएको छ ।

    शाहविरुद्ध जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासी सुस्ता पूर्व नवलपुरमा जबर्जस्ती करणीसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता छन् ।



    शाहका कानुनी सहयोगी अधिवक्ता कमलमोहन वाग्लेका अनुसार नवलपुर जिल्ला अदालतमा भोलि ८ भदौ र तनहुँ जिल्ला अदालतमा १५ भदौका लागि पेसी तोकिएको छ ।



    उनका अनुसार पेशी तोकिएसँगै तनहुँ अदालतवाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्नेछ ।

    यी दुवै अदालतले यसअघि भएको थुनछेक बहसमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए । त्यसपछि शाहले उच्च अदालतमा पुनरावलोकन रिट दर्ता गराए पनि आदेश आइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार