Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अल्फाबिटाबारे बस्नेत र बालेनबीच भनाभन, बालेनले बस्नेतलाई सोधे – तपाईंको घरको नक्सा पास छ नि ?

    अल्फाबिटाबारे बस्नेत र बालेनबीच भनाभन, बालेनले बस्नेतलाई सोधे – तपाईंको घरको नक्सा पास छ नि ?

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । अल्फाबिटामा डोजर लागेपछि कडा प्रतिक्रिया जनाएका महेश बस्नेतलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जवाफ फर्काएका छन् । महेश बस्नेतलाई बालेनले तपाईंको घरको नक्सा पास छ नि ? भन्दै प्रश्न तेर्साएका हुन् ।

    काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा लागेका छन् । यसैक्रममा बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचना भत्काए ।



    सो कम्प्लेक्सको अवैध संरचना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कडा प्रतिक्रिया जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाएपछि बालेनले पनि फेसबुकमै जवाफसहित प्रश्न गरेका छन् ।



    बस्नेतले फेसबुकमा बालेन शाहले अल्फाबिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ? भन्दै प्रश्न गरेका छन् भने नक्सा पासअनुसार घर निर्माण नगरेको भएर वा हामीसँग नजिक भएर या फोटो लिएको कारण ? भन्दै प्रश्न गरेका छन् ।

    साथै बस्नेतले लेखेका छन्, ‘पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानुनी उपचार खोज्लान नै। दोस्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ ।’

    बस्नेतले फेसबुकमा अल्फाबिटा कम्प्लेक्सका घरधनीसहितको तस्वीरसमेत पोस्ट गरेका छन् । सोही पोस्टमा कमेन्ट गर्दै बालेनले पहिलो कारणअनुसारै अवैध संरचना भत्काइएको उल्लेख गर्दै तपाईँको घरको नक्सा पास छ कि छैन भनेर प्रश्न गरेका छन् ।

    यसैगरी फेरि बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगर पालिकामा काजमा आउनुहोला ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार