Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तनाव बढेसँगै ताइवानले बढायो रक्षा बजेट, १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव

    तनाव बढेसँगै ताइवानले बढायो रक्षा बजेट, १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 885
    SHARES

    एजेन्सी । ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो।

    चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास सुरु गरेको हप्ता दिनपछि सो प्रस्ताव गरिएको हो। अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाव बढेको छ।



    प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक लडाकु जेट विमान र समुद्री तथा हवाई उडानलगायत कार्यक्रमका लागि एनटीडी १०८.३ समावेश गरिएको छ। प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक युद्ध जेटका लागि एनटीडी १०८.३ र समुद्री तथा हवाई लडाइ क्षमता बढाउनका लागि कार्यक्रम समावेश गरिएको छ।



    अर्को विशेष कोष समावेश भए कुल बजेट एनटीडी ५८६.३ अर्ब पुग्ने निक्की एसियाले रिपोर्ट गरेको छ। बजेट अब विधायिका युआनमा अनुमोदनका लागि पठाइनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार