Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भारतमा कोरोना संक्रमितको संख्या दश हजार भन्दा बढी

    भारतमा कोरोना संक्रमितको संख्या दश हजार भन्दा बढी

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 669
    SHARES

    एजेन्सी । भारतमा एकै दिनमा कोरोना संक्रमितको संख्या दश हजारभन्दा बढी भएको छ ।

    २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म दश हजार दुई सय ६५ जना कोरोना संक्रमित भएका संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।



    यसैसँगै भारतमा चार करोड ४३ लाख ८९ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् ।



    भारतमा अहिले सक्रिय संक्रमितको संख्या ९० हजार ७०७ जना रहेका छन् । गत २४ घण्टाको समयावधीमा कोरोना संक्रमणबाट यहाँ ६८ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार चार सय ५६ भन्दा बढीको मृत्यु भएको छ ।

    भारतमा हिजो एक दिनमा १३ हजार पाँच सय २८ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३७ लाख ७० हजार नौ सय १३ जना कोरोनामुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार