Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आईजीपी सिंह अमेरिका प्रस्थान, निमित्त आईजीपीको जिम्मेवारी थापालाई

    आईजीपी सिंह अमेरिका प्रस्थान, निमित्त आईजीपीको जिम्मेवारी थापालाई

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह अमेरिका प्रस्थान गरेका छन् ।

    अमेरिकामा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी हुनका लागि आईजीपी सिंह सोमबार अमेरिका प्रस्थान गरेका हुन् ।



    अगस्ट ३१, सेप्टेम्बर १ र २ मा आयोजना हुने प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिन आईजीपी सिंह अमेरिका प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सम्मेलनमा द्वीपक्षीय तथा बहुपक्षिय भेट समेत हुने बताइएको छ ।



    यस्तै प्रहरी महानिरीक्षक सिंहले अमेरिकामा आयोजित विश्वभरका प्रहरी प्रमुखको सम्मेलनमा जानुअघि वरिष्ठ एआईजीपी सहकुल थापा लाई कार्यवाहक जिम्मेवारी दिएका छन् ।

    यसैगरी संयुक्त राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा सहभागी हुन शसस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल पनि अमेरिका प्रस्थान गरेका छन् । आईजीपी सिंह र आर्याल करिब दुई सातापछि फर्कने कार्यतालिका रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार