Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मेची नदीले बगाएको युवकको शव भेटियो

    मेची नदीले बगाएको युवकको शव भेटियो

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 822
    SHARES

    झापा । मेची नदीले बगाएर बेपत्ता भएका युवकको शव भेटिएको छ।

    सोमबार दिउँसो साढे ४ बजे नदीले बगाउँदा बेपत्ता भएका भद्रपुर नगरपालिका–३ रंगिलाचोक निवासी सामुएल भुजेलको शव भेटिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।



    भद्रपुर–५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी पौडिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको थियो ।



    उनको शव घटनास्थलदेखि ७ किलोमिटर दक्षिण भद्रपुर ३ दोभानमा आज बिहान साढे ७ बजे फेला परेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार