Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आजै साँझ ५ बजे शीर्ष नेताहरुको बैठक

    कार्यदलको बैठक बस्दै : प्रतिनिधि सभाको सिट बाँडफाँट टुंग्याउने तयारी

    कार्यदलको बैठक बस्दै : प्रतिनिधि सभाको सिट बाँडफाँट टुंग्याउने तयारी

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 789
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।

    बैठक बिहान ९ बजे बालुवाटारमा बस्नेछ भने आजै साँझ ५ बजे शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई आज टुंग्याउने तयारी गरेका छन् ।



    सो तयारी अनुसार गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ । यस्तै गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बालुवाटारमा बस्दै छ । कांग्रेसले कति सिट दाबी गर्ने भनेर साझा धारणा बनाउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।



    सोही धारणा अनुसार गठबन्धनको बैठकमा प्रस्तुत हुने नेपाली कांग्रेस स्रोतले बतायो । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार