Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिट बाँडफाँटमा सहमति खोज्न गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

    सिट बाँडफाँटमा सहमति खोज्न गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 690
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बैठक बस्न लागेको हो । बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने बताइएको छ ।



    बुधबार बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।



    अन्य ६५ सिट र प्रदेशको भागबण्डाका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । शीर्ष नेताहरुबीच एक दुई दिनभित्रै सिट बाँडफाँट टुङ्ग्याउने समझदारी भएको खनालको भनाइ छ ।

    यस्तै आजको बैठकमा सिट बाँडफाँटका विषयमा मात्र छलफल नभई राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमबारे पनि छलफल हुने र नयाँ रणनीति बनाइने सम्भावना रहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार