Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिट बाँडफाँटबारे गठबन्धनमा जुटेन सहमति, संख्यामै कुरा अड्कियो

    सिट बाँडफाँटबारे गठबन्धनमा जुटेन सहमति, संख्यामै कुरा अड्कियो

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 906
    SHARES

    काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा बिहीबार पनि गहन छलफल भएको छ।

    प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा सिट बाँडफाँटबारे गम्भीर छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।



    सो विषयमा बैठकमा निरन्तर छलफल भए पनि संख्यामै कुरा अड्किएको र छिट्टै निष्कर्षमा पुगिने उनले बताए।



    यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार