Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • डडेल्धुराबाट आरजुको नाम समानुपातिकामा सिफारिस

    डडेल्धुराबाट आरजुको नाम समानुपातिकामा सिफारिस

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 795
    SHARES

    डडेल्धुरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नाम डडेल्धुराबाट समानुपातिकमा सिफारिस गरिएको छ ।

    कैलाली क्षेत्र नम्बर ५ बाट प्रत्यक्षबाट सिफारिस गरेको उनलाई डडेल्धुराबाट समानुपातिकमा पनि सिफारिस गरिएको हो ।



    शुक्रबार डडेल्धुरा कांग्रेसको बैठकले उनलाई प्रतिनिधिसभामा महिलातर्फबाट समानुपातिकका लागि सर्वसम्मत सिफारिस गरेको बताइएको छ ।



    जिल्ला कार्यसमितिले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधितर्फ प्रत्यक्षमा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी आरजु २०७० सालको चुनावबाट संविधानसभा सदस्य बनेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार