Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे काठमाडौंमा, ‘अग्निपथ स्किम’बारे छलफल नहुने

    भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे काठमाडौंमा, ‘अग्निपथ स्किम’बारे छलफल नहुने

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने भ्रमणका काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् ।

    ११ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका पाण्डेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।



    उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा रक्षा मन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् ।



    भ्रमणको बेला परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् ।

    यस्तै, जनरल पाण्डेले भारतमा विवाद भइरहेको अग्निपथ स्किमबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले बताएपनि उक्त विषय एजेन्डामा नरहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरूणकुमार सुवेदीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार