Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सभामुख सापकोटा सिन्धुपाल्चोक-१ बाट उम्मेदवार सिफारिस

    सभामुख सापकोटा सिन्धुपाल्चोक-१ बाट उम्मेदवार सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 672
    SHARES

    फाइल फोटो

    सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा आगामी चुनावका लागि सिन्धुपाल्चोक-१ बाट उम्मेदवार सिफारिस भएका छन् ।

    मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।



    प्रतिनिधि सभा १ नं क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो ।



    प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा सभामुख सापकोटा, फूलम तामाङ र माधव सापकोटा सिफारिस भएका छन् ।

    त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद पराजुली, आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ, आदिवासी जनजातिबाटै पूर्णबहादुर तामाङ, दलितबाट गणेश विक र अल्पसङ्ख्यकबाट पार्वती थामी सिफारिस भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार