Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय सेना प्रमुख पाण्डेले गरे वीर स्मारकमा श्रद्धाञ्जली अर्पण

    भारतीय सेना प्रमुख पाण्डेले गरे वीर स्मारकमा श्रद्धाञ्जली अर्पण

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 696
    SHARES

    काठमाडौं। पाँचदिने भ्रमणका लागि काठमाडौंमा रहेका भारतीय सेना प्रमुख मनोज पाण्डेले आज सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    सोमवार बिहान उनले सैनिक मञ्चमा पुगी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।



    भारतीय सेना प्रमुख पाण्डेले आजै नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने कार्यसूची छ ।



    उनलाई आज अपराह्न ३ बजे शितल निवासमा आयोजना राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् ।

    पाण्डे नेपालको औपचारिक भ्रमणका लागि आइतवार काठमाडौं आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार