Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय सेनाध्यक्ष पाण्डेद्धारा नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण

    भारतीय सेनाध्यक्ष पाण्डेद्धारा नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 741
    SHARES

    काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण गरेको छ।

    सोमबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहबीच भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।



    पाँच दिने भ्रमणका लागि पाण्डे आइतबार नेपाल आएका हुन्। उनले आजै प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका छन्।



    पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार