Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

    भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 828
    SHARES

    काठमाडौँ । भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छन् ।

    शीतल निवासमा आयोजित एक कार्यक्रममा पाण्डेलाई मानार्थ महारथी दर्जा प्रधान गरिएको नेपाली सेनाले जनाएको छ ।



    उनी नेपाली सेनाको महारथीको सम्मान पाउने १९ औँ भारतीय सेनाध्यक्ष हुन्।



    नेपाल र भारतबीच सन् १९५१ देखि एक-अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।

    विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो ।

    गत वर्ष प्रधानसेनापति प्रभुराम शर्माले भारतीय सेनाको मानार्थ महारथी पाएका थिए। हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसकेका छन्।

    नवनियुक्त सेनाध्यक्ष पाण्डे मानार्थ महारथी दर्जा ग्रहण गर्नका लागि आइतबार ५ दिने औपचरिक भ्रमणमा नेपाल आएका हुन् । उक्त भ्रमणदलमा पाण्डेकी पत्नी अर्जना पाण्डेसहित ५ सदस्य टोली रहेको छ ।

    सेनाध्यक्ष पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार