Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पर्यटनमन्त्रीले थुनाएका सुरक्षागार्डलाई छाड्ने तयारी

    पर्यटनमन्त्रीले थुनाएका सुरक्षागार्डलाई छाड्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 798
    SHARES

    काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले थुनाएका सुरक्षागार्डलाई छाड्ने तयारी भएको छ ।

    गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि प्रहरीले प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गरेर छाड्ने तयारी गरेको हो ।



    काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले सरकारी वकिल कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गर्ने तयारी भइरहेको बताए ।



    प्रहरीले छाया सेन्टरमा कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङलाई आइतबार पक्राउ गरेर अभद्र व्यवहारमा अनुसन्धान थालेको थियो ।

    भिसाको कामले छाया सेन्टरस्थित भीएफएस भिसा सेन्टर पुगेका पर्यटनमन्त्री श्रेष्ठलाई आफूले लाइनमा बस्नुस् भन्दा उल्टै थुनाएको गुरुङको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार