Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ‘हिरा लुटेरा’को जन्मदिनमा श्रममन्त्री कुँवर चिफ गेस्ट

    ‘हिरा लुटेरा’को जन्मदिनमा श्रममन्त्री कुँवर चिफ गेस्ट

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 912
    SHARES

    काठमाडौं । हिरा लुटपाटमा दोषी ठहर भएका व्यक्तिको जन्मदिनमा श्रम तथा रोजगारमन्त्री नै प्रमुख अतिथि बनेको पाइएको छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर हिरा लुटपाटमा दोषी ठहर भएर दुई वर्ष कैद समेत बसेर छुटेका व्यक्ति सुजन आचार्यको जन्मदिनमा प्रमुख अतिथि बनेका हुन्।



    काठमाडौं एक पाँचतारे होटलमा जन्मदिन मनाएका आपराधिक पृष्ठभूमिका आचार्यको जन्मदिन मनाउन मन्त्री नै पुगेका थिए।



    एक युवतीको गोप्य भिडियो फेला पारेपछि त्यही भिडियोको आधारमा ७ करोड रुपैयाँसम्म बार्गेनिङ गरेपछि उनी पक्राउ परेका थिए।

    त्यही कार्यक्रममा उनले एभरेस्ट स्प्रिङ वाटर सुरु गर्ने घोषणा गरेकाले मन्त्रीले रोजगार बढाउन शुभकामना पनि दिए।

    उनले विदेशमा १५ वर्षका युवा बिलिनियर बनेको पढेकोमा आफ्नै देशमा २२ वर्षका युवा व्यवसायी देख्दा खुसी लागेको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार