Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • चुनावका बेला रोकिएको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम फेरि सुरु

    चुनावका बेला रोकिएको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम फेरि सुरु

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 657
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम सुरु गरेको छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आइतबारदेखि पुनः सुरु गरिएको हो ।

    आइतबार बिहान ११ बजे देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा संचालन भएको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट श्रमिकहरूले फोनमार्फत आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् ।



    कार्यक्रममा मन्त्री कुँवरसँग प्रत्यक्ष फोनमार्फत कुरा गर्दै देश विदेशबाट १० जना श्रमिकहरुले आफ्ना गुनासा, समस्या र सुझाब राखेका थिए ।



    मन्त्रीसँग श्रमिकहरुले वैदेशिक रोजगारीमा ठगिएका सबैभन्दा बढि गुनासा र समस्याहरू राखेका छन् । मन्त्री कुँवरसँग श्रमिकहरूले सम्झौता अनुसार विदेशमा आफूले तलब सुविधा नपाइएका, विदेश पठाउँछु भनेर ७ लाख ५० हजारसम्म पैसा लिएको गुनासा सुनाएका थिए ।

    फोनमार्फत मन्त्री कुँवरलाई दुबई, मलेशिया, साउदी लगायतका देशमा रोजगारीका लागि जाँदा ठगिएको गुनासाहरू बढी आएका छन् ।

    श्रमिकका तत्काल समाधान हुने गुनासा र समस्याहरूबारे सम्बन्धित निकायबाट समाधान खोजिने आश्वासन दिए ।

    साथै कार्यक्रममै मन्त्री कुँवरले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डका सम्बन्धित निकायलाई निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार