Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विदेशमा अलपत्र श्रमिकको उद्धारमा सरकार गम्भीर छ : मन्त्री कुँवर

    विदेशमा अलपत्र श्रमिकको उद्धारमा सरकार गम्भीर छ : मन्त्री कुँवर

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्दारमा सरकार लागिपरेको बताएका छन् ।

    आइतवार मन्त्रालयमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमअन्तर्गत श्रमिकहरूसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले यस्तो बताएका हुन् ।



    उनले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्दारका लागि सरकार लागि परेको बताए ।



    उनले समस्यामा परेका श्रमिकहरूको अवस्थाको सम्बन्धमा नेपालका राजदूतसँग छलफल गर्ने र सम्बन्धित देशको राजदूतलाई बोलाएर पनि समस्या समाधानका लागि पहल गरिने बताए ।

    मन्त्री कुँवरले विदेशी कम्पनीहरूले नेपाली कामदारलाई बाहिर आउन नदिने अवस्थामा त्यहाँको सरकारसँग कुरा गर्ने बताए । उनले गल्ती काम गरेका मेनपावरहरूलाई कारबाही गरिने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार