Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • श्रममन्त्री कुँवरले भने – जनताको पक्षमा बनेका कानून ठूला नेताबाटै तुहाइन्छ

    श्रममन्त्री कुँवरले भने – जनताको पक्षमा बनेका कानून ठूला नेताबाटै तुहाइन्छ

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 762
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानूनहरू ठूला नेताको दबाबका कारण तुहिने गरेको आरोप लगाएका छन् ।

    सोमवार ७७ औं विश्व श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले यस्तो बताएका हुन् । मन्त्री कुँवरले भ्रष्टाचार, नागरिकता र श्रम आयोगलगायतका ऐन, नियम बनाउन बनाउदा ठूला नेताहरूले दबाब दिने गरेको बताए ।



    उनले अहिलेको सरकारले पनि श्रम आयोग गठनसम्बन्धी प्रक्रिया तीन पटक मन्त्रिपरिषद्मा पुर्‍याउँदासमेत एजेण्डा नबनेको गुनासो गरे ।



    मन्त्री कुँवरले भने, ‘भ्रष्टाचार गरेको थाहा पाएको ५ वर्षपछि उजुरी नलाग्ने भनेर संशोधन गरेका थियौँ । नाम नभनौँ यसमा कम्युनिष्ट पार्टीको ठूला ठूला नेताहरुले दबाब दिए । संसदमा निर्णय हुने विधेयकलाई त्यत्तिकै तुहाए ।’

    मन्त्री कुँवरले श्रम आयोग गठन गर्ने कुरा तीन पटक मन्त्रिपरिषद्मा पठाए पनि एजेण्डा नबनाई सामाजिक समितिमा पठाएर सरकारले अल्झाउने काम गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

    उनले अर्थ मन्त्रालयले यस बारेमा स्वीकृति जनाउने हो भने श्रम प्रतिष्ठान खारेज गरेर श्रम आयाेग गर्न समय नलाग्ने बताए । मन्त्री कुँवरले कतिपय जनता सम्बन्धित कानूनहरू संसदमा प्रवेश गर्न नै नदिइकन तुहाइदिने गरेको दाबी गरे ।

    उनले अर्थमन्त्री श्रम आयोग गठनका लागि तयार भए १० दिनभित्र नै श्रम आयोग गठन गर्ने ल्याकत मन्त्रालयले राखेको बताए । उनले सीप प्रतिष्ठान गठन गर्नेकुरा हालसम्म पनि मन्त्रिपरिषद्ले स्वीकार्न नसकेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार