Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • श्रममन्त्री कुँवर भन्छन्- म्यानपावर व्यवसायीकै कारण ‘फ्रि भिसा फ्रि टिकट’ नीति लागू हुन सकेन

    श्रममन्त्री कुँवर भन्छन्- म्यानपावर व्यवसायीकै कारण ‘फ्रि भिसा फ्रि टिकट’ नीति लागू हुन सकेन

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले म्यानपावर व्यवसायीकै कारण ‘फ्रि भिसा फ्रि टिकट’ नीति लागू हुन नसकेको बताएका छन्।

    मंगलबार मन्त्रालयमा १ हजार बढी कामदार मलेसिया पठाउने म्यानपावर व्यवसायीसँग भएको छलफल कार्यक्रममा बोल्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन सबै मिलेर जानुको विकल्प नभएको बताएका छन्।



    मन्त्री कुँवरले व्यवसायीलाई भने, ‘सरकारले नीति नियम बनाएको छ, फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउन श्रम सम्झौता गरेको छ, तर फेरि एक जना समान्य परिवारको व्यक्ति मलेसिया जान लाखौं रकम तिर्न बाध्य छ। यो विषयमा हामी पनि अनुगममा कडाई गर्छौं, तपाईंहरुले पनि विशेष ध्यान दिनुहोला।’



    उनले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिएका छन्। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यसको व्यवस्थापन गर्न मन्त्री कुँवरले व्यवसायीलाई निर्देशन दिएका हुन्।

    सरकारले २०७५ कार्तिक १२ गते मलेसियामा फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकलाई पठाउने गरी श्रम सम्झौता गरेको थियो। तर, अहिलेसम्म पनि त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार