Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • श्रम मन्त्रीको सचिवालयले भन्यो – संस्थाको कार्यक्रममा सरिक भएपछि जन्मदिनको कार्यक्रम अस्वीकार गर्न सकिएन

    श्रम मन्त्रीको सचिवालयले भन्यो – संस्थाको कार्यक्रममा सरिक भएपछि जन्मदिनको कार्यक्रम अस्वीकार गर्न सकिएन

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 780
    SHARES

    काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर आपराधिक गतिविधिमा संलग्न व्यक्तिको जन्मदिन मनाउन पाँचतारे होटलमा गएको भनेर विभिन्न सञ्चारमाध्यममा आएको खबरप्रति ध्यानाकर्षण भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रेस संयोजक रमा खड्काले जारी गरेको विज्ञप्तिमा जन्मदिनबारे पूर्ण सूचना नभएको उल्लेख गरिएको छ । एभरेष्ट स्प्रिङ वाटर कम्पनीको निमन्त्रणमा भदौ १९ गते याक एण्ड यतिमा एभरेष्ट स्प्रिङ वाटरको उद्घाटनका लागि मन्त्री कुँवर त्यहाँ पुगेको खड्काले बताएकी छन् ।



    त्यही दिन कम्पनीका सञ्चालक सुजन आचार्यको जन्मदिन परेको र यसबारेमा मन्त्री कुँवरलाई पूर्वसूचना नभएको विज्ञप्तिमा भनिएको छ ।



    त्यही संस्थाको कार्यक्रममा सरिक भएर त्यही कम्पनीका सञ्चालकको जन्मदिन अस्वीकार गर्ने अवस्था नरहेकोले औपचारिकताका लागि बर्थडेमा सरिक हुनुपरेको प्रेस संयोजक खड्का प्रष्ट पारेकी छन् ।

    विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारहरु असत्य रहेको र कम्पनीका सञ्चालकसँग मन्त्री कुँवरको कुनै व्यक्तिगत सम्बन्ध नरहेको स्पष्ट पारिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार