Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • सेयर बजारमा २१ अंकको गिरावट, कारोबार रकम बढ्यो

    सेयर बजारमा २१ अंकको गिरावट, कारोबार रकम बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 771
    SHARES

    फाइल फोटो

    काठमाण्डौ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २१.२२ अंकको गिरावट आएको छ ।

    आज  कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्ममा घट्दै २१ अंक खुम्चिएर बन्द भएको हो । यससँगै, नेप्से परिसूचक १९ सय ५१ अंकमा आएर रोकिएको छ ।



    यस्तै, आज सेन्सेटिभ समूहमा ३.८९ अंकको गिरावट आउँदै ३७९.०५ अंकमा आइपुगेको छ । यो १.०२ प्रतिशतको गिरावट हो । यसक्रममा आज नेप्सेमा १ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता सेयर किनबेच भएको छ ।



    हिजो सोमबार नेप्सेमा ४.२९ अंकको गिरावट आएको थियो । यसक्रममा नेप्सेमा ९० करोड ९९ लाख रुपैयाँको कारोबार भएको थियो । जुन, आजको कारोबार रकमभन्दा २० करोडभन्दा कम हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार