Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेप्से परिसूचक घट्याे, कारोबार रकममा पनि गिरावट

    नेप्से परिसूचक घट्याे, कारोबार रकममा पनि गिरावट

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 567
    SHARES

    फाइल फोटो

    काठमाडौं । मौद्रिक नीतिपछि लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से तेस्रो दिन पनि घटेको छ । आज नेप्से ८.११ अंकले घटेर २१५६.२० को बिन्दुमा झरेको छ ।

    यसदिन सेन्सिटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले घटेर ४०९.११ बिन्दु कायम भएको छ । नेप्सेमा गिरावट हुँदा बुधबार कारोबार रकममा पनि गिरावट भएको छ । आज २ अर्ब ४३ करोड २५ लाख ८ हजार माथिको कारोबार भएको हो ।



    बुधबार वित्त कम्पनी म्युचुअल फण्ड र अन्य उपसूचकमा सामान्य वृद्धि भएपनि अन्य बजारलाई लिड गर्ने बैंकिङ सहितका अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्सेमा पनि गिरावट भएको हो ।



    सेयर बजार आज सामान्य अंकले घटेपनि किसान लघुवित्तको आज पनि सर्वाधिक सेयरमुल्य बढेको छ । कम्पनीको आज सेयरमूल्य ६.९६ प्रतिशतले बढेर १०२५ रुपैयाँमा कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार