Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेप्से २६ अंकले घट्यो, साढे ४ अर्ब बढीको कारोबार

    नेप्से २६ अंकले घट्यो, साढे ४ अर्ब बढीको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 510
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज सेयरबजार २७.७२ अंकले घटेको छ। बजार २७.७२ अंकले घटेर २१९९.४४ विन्दुमा झरेको हो। मौद्रिक नीति सार्वजनिक भएको दिन ६३ अंकले बढेको नेप्से दोस्रो दिन घटेको हो ।

    नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । दुई करोड नौ लाख ७९ हजार कित्ता सेयर चार अर्ब ७३ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् ।



    २५ करोड ५६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र प्रभु बैंक रहेका छन् ।



    आज एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा किसान लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार