Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दोस्रो दिन पनि नेप्सेमा ३६ अंकको गिरावट, २ अर्ब ९१ करोड रुपैयाँको कारोबार

    दोस्रो दिन पनि नेप्सेमा ३६ अंकको गिरावट, २ अर्ब ९१ करोड रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 540
    SHARES

    काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार ३६.१९ अंकले घटेको बजार २१६४.२१ अंकमा झरेको छ ।

    मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन नगर्दा बजारमा निरन्तर गिरावट देखिएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ।



    आज दुई अर्ब ९१ करोड ७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३२ कम्पनीको सेयरमूल्य बढेको छ भने १७६ कम्पनीकोे सेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।



    आज सोल्टि होटलको सेयर सर्वाधिक खरिदबिक्रि भएको छ। कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    त्यस्तै,  किसान लघुवित्तको सेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर ८७.१० रुपैयाँले बढेर ९५८.३० रुपैयाँमा कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार